
मैत्रीपूर्ण खेलमा दुई इंग्लिस क्लब लिभरपुल र आर्सनल विजयी भएका छन् भने टोटनहम पराजित भएको छ। लिभरपुलले इटालियन क्ल नेपोलीलाई ५-० को पराकिलो अन्तरले हरायो।
लिभरपुलका लागि जेम्स मिलनर, जर्जिनिओ विज्नाल्डम, मोहम्मद सलाह, ड्यानिएल स्टुरसज र अल्बर्टो मोरेनोले १-१ गोल गरे।
यसै सिजन मात्र रोमाबाट लिभरपुल पुगेका ब्राजिलियन गोलकिपर एलिसनले यसै खेलमार्फत डेब्यु गरेका छन्। उनले पहिलो खेलमा क्लिनसिट समेत राखे।
आर्सनलले पनि इटलीकै लाजियोलाई २-० ले हरायो। आर्सनलको जितमा रेइस नेल्सन र पिएरे एमरिक ओवामेयाङले १-१ गोल गरे।
टोटनहम १ गोलको अग्रता लिएर पनि स्पानिस क्लब गिरोनासँग ४-१ ले पराजित भएको हो। १३औँ मिनेटमा लुकास माउराले गोल गर्दै टोटनहमलाई पहिले अग्रता दिलाएका थिए। तर गिर। गिरोनाका जुअनवपी र एन्टोनी लोजनानोको गोलबाट गिरोनाले पहिलो हाफमै २-१ को अग्रता लियो। दोस्रो हाफमा गिरोनाका लागि क्रिस्टियन पोर्टु र एलेइक्स गार्सियाले गोल गरे।
म्यानेजर माउरिसियो पाचुटिनोले गिरोना विरुद्ध टोटनहमका दोस्रो रोजाईका खेलाडी खेलाएका थिए।