PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

फ्रेन्च सुपर कप : मोनाकोलाई ४-० ले हराउँदै पिएसजीले जित्यो उपाधि



पहिलोपोस्ट

फ्रेन्च सुपर कप : मोनाकोलाई ४-० ले हराउँदै पिएसजीले जित्यो उपाधि

फेब्रुअरीपछि नेमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि पहिलो खेल खेल्दा पिएसजीले मोनाकोलाई हराउँदै फ्रेन्च सुपर कपको उपाधि जितेको छ।

अर्जेन्टाइन स्टार एन्जल डि मारियाको दुई गोल मद्दतमा लिग वान प्रतिस्पर्धी मोनाकोलाई ४-० ले हरायो।

चीनमा भएको खेलमा यस्तै क्रिस्टोफर एनकुन्कु र तिमोथी वेहले १-१ गोल गरे।

चोटका कारण गत फेब्रुअरीदेखि पिएसजीका लागि नखेलेका नेमार दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।

नेमारले रसियामा जुन-जुलाईमा भएको विश्वकप भने खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell