PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अंकित हत्यामा संलग्न चार पक्राउ, यसरी भएको थियो हत्या



राधेश्याम पटेल

अंकित हत्यामा संलग्न चार पक्राउ, यसरी भएको थियो हत्या

वीरगंज: बाराबाट दुई महिनाअघि जितपरका अंकित गुप्तालाई अपहरण गरी हत्या गर्ने गिरोहलाई बारा प्रहरीले सार्वजनिक गर्दैछ। ईलाका प्रहरी कार्यालय सिमरामा आज अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरी जितपुरसिमरा–७ जितपुर गुप्ताको हत्यारालाई सार्वजनिक गर्न लागिएको बाराकी प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिइन्।

‘अंकितको अपहरण तथा हत्याको केस सुल्झीसकेको छ,चार जना पक्राउ गरेका छौं,’उनले भनिन्,‘डिएसपी साबले आज पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराउनु हुनेछ।’घटनाको मुख्य योजनाकारसहित ४ जनालाई बारा प्रहरीले पत्रकार सम्मेलनमा उपस्थिति गराउने तयारी गरेको छ।

प्रहरीले घटनाको मुख्य योजनाका प्रदिप गुप्ता, राप्रवेश साह गोढ, पार्वती देवी र सुरज गिरीलाई सार्वजनिक गर्न लागेको प्रहरीले जनायो। वीरगंज–११ रानीघाट निवासी गोढ शुरुमै पक्राउ परेका अभियुक्त हुन भने सोही स्थानकी पार्वती देवी, प्रदीप गुप्ता पनि रहेका छन्। सुरज भारतीय नागरिक भएको खुलेको छ। 

एक करोड फिरौती लिएर अंकितको यसरी भयो हत्या


जितपुरका पूजा खाद्य टेडर्सका सञ्चालक ललनको ९ वर्षीय छोरा अंकित गुप्ता जितपुरकै भिजन केयर बोर्डिङ स्कूलमा कक्षा ३ मा पढ्थे। साथीको घरमा खेल्न जाँदैछु भनेर जेठ २२ गते घरबाट निस्केको अंकित अपहरणमा परेका थिए। राति ९ बजे सम्म घर नफिरेपछि उनको खोजी कार्य शुरु भएको थियो। 

जेठ २३ गते अंकितको परिवारजनले जितपुर र सिमरा प्रहरीमा उजुरी दिइयो। अंकित वेपत्ता भएको चार दिनपछि ललनको मोबाईल नंम्बरमा फिरौतीको लागि बारबार फोन आउन थालेपछि परिवारजनलाई छोरा अंकित अपहरणमा परेको थाहा भयो। साउन ३२ गते परिवारजनले बिहारको बेतियामा भारु साढे ६४ लाख अर्थात एक करोड नेपाली रुपैया फिरौती दिएपनि अपहरणकारीले अंकितलाई फिर्ता गरेनन्।

उनको हत्यो भएको रहस्य बाहिरियो। साउन ३ गते वीरगंज महानगरनपालिका भित्र पर्ने गण्डक नहरको क्षेत्रमा एउटा वेवारिसे लाश फेला पर्यो।त्यहीलाश अंकितको भएको किटान भएको छ। घटनाको छानविनसँगै कल ट्रेसिग र फोन नम्बर पहिचानबाट पक्राउ परेका रामप्रवेश साह गोढले नै घटनाको भेद खोल्दै अपहरण पनि हत्या गरेको बयानको अधारमा घटनाका मुख्य योजनाकार र सहयोगीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो। अपहरण तथा ज्यान मुद्दा दर्ता गरी प्रहरीले घटनालाई सुल्झाएको जानकारी गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell