PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

प्रधानमन्त्री ओलीका 'बडिगार्ड' फेरिए, डिएसपी भट्टराईको ठाउँमा अब डिएसपी लिम्बु



सविन ढकाल

प्रधानमन्त्री ओलीका 'बडिगार्ड' फेरिए, डिएसपी भट्टराईको ठाउँमा अब डिएसपी लिम्बु
फाइल फोटो

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सुरक्षा गार्ड फेरिएका छन्। 

आइतबारदेखि प्रधानमन्त्रीको सुरक्षा गार्डको रूपमा डिएसपी राजन लिम्बुलाई पठाइएको छ। डिएसपी लिम्बु यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको सुरक्षा निर्देशनालयमा कार्यरत थिए।

यसअघि प्रधानमन्त्रीको सुरक्षामा खटिएका डिएसपी सानुरमा भट्टराई एसपीमा बढुवा भई केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा भएपछि डिएसपी लिम्बुलाई पठाइएको हो।

लिम्बु यसअघि तत्कालीन सभामुख सुवास नेम्वाङको सुरक्षामा खटिएका थिए। 

प्रधानमन्त्रीलाई सामान्यतया डिएसपीको कमान्डमा सुरक्षा व्यवस्था मिलाइएको हुन्छ।

गत पुसमा केपी शर्मा ओली प्रधानमन्त्री हुनुभन्दा केही दिन अघि नै डिएसपी भट्टराई नेपाल प्रहरीका १० सुरक्षाकर्मीसहित सुरक्षा खटिएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell