PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

एसियन गेम्सका लागि विदेशी प्रशिक्षकबाट ट्रेनिङ लिँदै नेपाली स्पोर्ट्स क्लाइम्बिङ खेलाडी



पहिलोपोस्ट

एसियन गेम्सका लागि विदेशी प्रशिक्षकबाट ट्रेनिङ लिँदै नेपाली स्पोर्ट्स क्लाइम्बिङ खेलाडी
फोटो : NSJF

काठमाडौँ : यही अगष्ट १८ देखि सेप्टेम्वर २ (भदौ २-२७) सम्म इन्डोनेसियामा हुने १८औँ एसियन गेम्समा स्पोर्ट्स क्लाइम्बिङतर्फ नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

प्रनिलमान श्रेष्ठ र पेम्बा शेर्पा गत वैशाख २३ गतेदेखि बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेका छन्। खेलाडीलाई सुनार बहादुर गुरुङले प्रशिक्षण दिइरहेका छन्।

तयारीलाई अझै उत्कृष्ट बनाउने अहिले नेपाली खेलाडीद्वय विदेशी प्रशिक्षकबाट विशेष ट्रेनिङ लिइरहेका छन्।

विशेष प्रशिक्षणका लागि संघले स्वीट्जरल्याण्डको प्रशिक्षक इतिन ग्रिलोनलाई नेपाल ल्याएर अगष्ट १ देखि प्रशिक्षण दिइरहेको छ।

यस ट्रेनिङबाट नेपालले क्लाइम्बिङ स्पोर्ट्समा पदक जित्ने आशा राखेको संघले जनाएको छ। स्पोर्ट्स क्लाइम्बिङ एसियन गेम्समा पहिलो पटक समावेश गरिएको खेल हो।

एसियन गेम्समा उक्त प्रतिस्पर्धा अगष्ट २३ देखि २७ सम्म हुनेछ। जेएससी स्पोर्ट्स क्लाइम्बिङ पालेम्बाङमा हुने उक्त प्रतियोगितामा नेपालले लिड, स्पीड र बोल्डरिङ विधामा प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको म्यानेजरमा मेघराज पौडेल छन्।

स्पोर्ट्स क्लाइम्बिङलाई टोकियो ओलम्पिक २०२० मा समेत समावेश गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell