PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

चार वर्षदेखि सम्पर्कविहीन गंगामायाका छोरा वीरमा, प्रहरीले भन्यो : हामीले खोजेर बुझायौं



पहिलोपोस्ट

चार वर्षदेखि सम्पर्कविहीन गंगामायाका छोरा वीरमा, प्रहरीले भन्यो : हामीले खोजेर बुझायौं

काठमाडौः  वर्षौँदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको छोरा नुरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतबार नूरप्रसादलाई नियन्त्रणमा लिएर आमा गंगामायालाई बुझाएको महाशाखा एसएसपी धिरजप्रताव सिंहले बताए। पहिलोपोस्टसँगको कुराकानीमा एसएसपी सिंहले भने, 'हामीले उहाँलाई पक्राउ गरेका हैनौँ। चार वर्षदेखि आमासँग सम्पर्क नभएको भनेपछि आमाको आग्रहमा खोजेर बुझाएका मात्र हौँ।'

प्रहरीले अधिकारीलाई आइतवार बिहान करिब ११ बजेतिर ललितपुरको सानेपमा फेला पारेको प्रहरीले जनाएको छ।  

२०६१ सालमा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गंगामाया र नन्दप्रसाद अधिकारी अनसनमा बसेका थिए।

अनशनरत अवस्थामा नै नन्दप्रसादको दुई वर्षअघि मृत्यु भए पनि गंगामाया एक्लैले अनसनलाई निरन्तरता दिँदै आएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell