PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

'चिकित्सकहरु बिरामीप्रति उत्तरदायी भएनन्' 



चन्द्रकान्त खनाल

'चिकित्सकहरु बिरामीप्रति उत्तरदायी भएनन्' 

रुपन्देही: प्रदेश नं ५का समाजिक विकासमन्त्री सुर्दशन बरालले स्वास्थ्यक्षेत्र कागजमा मात्र परिर्वतन भएको पाइएको बताएका छन्। संरचना परिवर्तन नगरी स्वास्थ्यक्षेत्र सुधार नहुने आफ्नो ठम्याई रहेको बरालले बताए। 

आज बुटवलमा समाजिक मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालयको उदघाटन गर्दे मन्त्री बरालले अस्पतालमा चिकित्सको दरबन्दी भएपनि अस्पतालमा बिरामीले खोज्दा नभेटिएको उल्लेख गरे।

चिकित्सकहरु बिरामीप्रति उत्तरदायी नभएको आरोप लगाउँदै उनले दरबन्दी अस्पतालमा भएपनि चिकित्सक निजी क्लिनिक वा राजधानी  रहेको पाइएको मन्त्रालय सम्हालेको ६ महिनको अबधिमा देखिएको बताए। 

चिकित्सकमात्र होईन अस्पतालमा कुनै भवन छैन, कुनैमा उपकरण छन् प्राविधिक छैन, उपकरण भएका ठाउँमा प्राविधिकको अवस्था पनि चिकित्सकको जस्तै रहेको बताए। स्वास्थ्यक्षेत्रका अधिकांशको ध्यान बिरामीप्रति भन्दा प्रसाशनिक क्षेत्रमा बढी भएको उनको धारणा थियो।
 
मन्त्री बरालले भने, 'अब प्रक्रिया र परिणाम आउनेखाले स्वास्थ्यक्षेत्रलाई अघि बढाइनेछ।' कर्मचारीको अभाव आफुहरुले धेरै समय थेग्न नसक्ने बताउदै उनले प्रदेश सरकारले निजामती ऐन बनाउने र लोकसेवामार्फत  आबश्यक चिकित्सक अन्य कर्मचारी भर्ना गर्ने भनाई राखे। 

स्वास्थ्य निर्देशनालय का प्रमुख डा  बिनोद कुमार गिरीले  ३७ जनाको दरबन्दीसहित निर्देशनालय स्थापना भएको उल्लेख गर्दै क्रमश कर्मचारी आउँदै गरेको जानकारी दिए। उनले अब सबै काम प्रदेशलाई जिम्मा दिने भएकोले  सरुवाबढुवा गर्न महिनौ धाउन नपर्ने र मुख हेरेर सरुवाबढुवा र नम्र थप्ने काम नगर्ने बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell