PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

उपत्यकामा पुन: 'जिउँदो आकाश'



पहिलोपोस्ट

उपत्यकामा पुन: 'जिउँदो आकाश'

काठमाडौं: उपत्यकामा नाटक 'जिउँदो आकाश' पुन: मञ्चन हुने भएको छ। साइलेन्ट एक्टको प्रस्तुति तथा टुगेदर वी क्यान र बेरी जोन एक्टिङ स्टूडियोको सहकार्यमा ललितपुरको नखिपोटमा नाटक देखाइने भएको हो।

अनिल सुब्बाले अभिनय गरेका छन्। चन्द्रप्रसाद पाण्डेको लेखन र आरके मेहता रोशनको निर्देशनमा बनेको नाटक नखिपोटको नयाँ नाटकघर बेरी जोनमा साउन २६ गते शनिबारदेखि २९ सम्म मञ्चन हुनेछ।

पहिलोपटक २९ जेठ २०७३ मा दोलखामा मञ्चन भएको नाटकमा निर्देशक रोशनले अभिनय गरेका थिए। त्यसपछि काठमाडौंमा नियमित मञ्चन गर्ने योजना बनाएपछि भने मञ्चमा अनिल सुब्बा देखिएका हुन्।

भारतको गुआहटी र दिल्लीको राष्ट्रिय नाट्य विद्यालयको अभिमञ्चमा यो नाटक मञ्चन भइसकेको छ। देशका प्रमुख सहरहरु दमक, पोखरामा पनि यो नाटक मञ्चन भइसक्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell