PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

थाइल्याण्डमा नेपाललाई जुडोमा २ स्वर्ण



पहिलोपोस्ट

थाइल्याण्डमा नेपाललाई जुडोमा २ स्वर्ण
पदक विजेता बायाँबाट देविका, पुनम, इन्द्रबहादुर, मनीता पदकसाथ।

काठमाडौं : नेपालले थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा २ स्वर्ण जितेको छ। २ स्वर्णसहित नेपालले थप १ रजत र १ कांस्य पनि जितेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिए।

पुरुष ६६ केजीमुनी इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाए। १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले ४ खेलाडीलाई पराजित गरे। उनले थाइल्यान्डका २ तथा युएई र जापानका खेलाडीलाई पराजित गरे।

११ खेलाडी सहभागी महिला ५७ केजीमुनि मनीताले भियतनाम, सिंगापुर, मलेसिया र थाइल्यान्डका खेलाडीलाई हराइन्।

महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत जितिन्। पुनमले लाओसकी खेलाडीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। फाइनलमा पुनम थाइल्यान्डकी खेलाडीसंग चुकिन्। त्यस्तै महिला ५२ केजीमुनि देविका खड्काले कांस्य हात पारिन्।

गत संस्करणमा नेपालले २ कांस्य जितेको थियो। इन्द्र र उमेश मगरले कांस्य हात पारेका थिए। दुईदिने प्रतियोगिता आइतवार सम्पन्न भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell