
काठमाडौँ : इन्डोनेसियामा हुने १८औँ एसियन गेम्स अन्तर्गत फुटबलतर्फ नेपालले पहिलो खेल जापानसँग खेल्ने भएको छ।
भदौ २ देखि १७ गतेसम्म जाकार्तामा हुने एसियन गेम्समा नेपाली यू-२३ टोले पहिलो दिनमै एसियन पावर हाउससँग खेल्नेछ।
नेपाल र जापानसँगै समूह डी मा भियतनाम र पाकिस्तान छन्।
एसियन गेम्सको उद्घाटन भदौ २ मा हुने भएपनि पुरुष फुटबल साउन २९ गतेदेखि नै सुरु हुनेछ। नेपालले पनि साउन २९ (अगष्ट १४)मा जापानविरुद्ध खेल्नेछ।
साउन ३१ गते (अगष्ट १६) भियातनाविरुद्ध दोस्रो खेल खेल्ने नेपालले भदौ ३ गते (अगष्ट १९) दक्षिण एसियाली टोली पाकिस्तानसँग तेस्रो खेल खेल्नेछ।
हाल २९ सदस्यीय नेपाली टोली एसिएन गेम्स र बंगलादेशमा सेप्टेम्वरमा हुने साफ च्याम्पियनसिपका लागि थाइल्याण्डमा विशेष प्रशिक्षण गरिरहेको छ। टोलीले थाइल्याण्डमा दुई मैत्रीपूर्ण फुटबल खेल्नेछ र त्यतैबाट इन्डोनेसिया प्रस्थान गर्नेछ।