PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध



पहिलोपोस्ट

पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन:  निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको हो। 

जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ। 

त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। फिस्लिङ इच्छाकामना गाउँपालिका–३ मा पर्दछ। पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell