PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

कपिलवस्तुका शिक्षा इकाई प्रमुख सुरेन्द्रराज पराजुलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



पहिलोपोस्ट

कपिलवस्तुका शिक्षा इकाई प्रमुख सुरेन्द्रराज पराजुलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका इकाइ प्रमुख सुरेन्द्रराज पराजुलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। इकाइ प्रमुख पराजुलीले रु दुई लाख ८० हजार घुस लिएको अभियोग लागेको छ।

विकास निर्माणका कार्यमा अवैधरुपमा रकम उठाई नदिएसम्म तलबभत्ता रोक्का गरिदिने धम्की दिई कार्यालयमा कार्यरत सव–इञ्जिनियरसँग घुस रकम माग्दामाग्दै पक्राउ गरिएको आयोगले जनाएको छ।

यस्तै आयोगले आइतबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ गहुँ सुपरजोन कैलालीका कार्यालय प्रमुख रामनन्दन यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गहुँबाली चक्रको वृत्तचित्र निर्माण गर्ने कार्य सम्पन्नपश्चात् सेवाग्राहीसँग यादवले सम्झौताबमोजिमको रकमबाट ५० प्रतिशतले हुन आउने रु २५ हजार घुस मागेको अभियोग लागेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell