
इंग्ल्याण्डका युवा खेलाडी मार्कोस रासफोर्डलाई म्यानचेष्टर युनाइटडको १० नम्बर जर्सी प्रदान गरिएको छ।
गएराति भएको वायर्न म्युनिखविरुद्धको मैत्रीपूर्ण खेलमा रासफोर्डले १० नम्बर जर्सी लगाएर खेलेका हुन्।
ज्लाटन इब्राहिमोभिचले क्लब छाडेपछि खाली भएको जर्सी युवा खेलाडीलाई दिइएको हो। यसअघि वायन रुनीले पनि नम्बर १० जर्सी लागएका थिए।
It's official - @MarcusRashford is #MUFC's new no.10! 👍 pic.twitter.com/aEGPzmz5WB
— Manchester United (@ManUtd) August 5, 2018
युनाइटेडका म्यानेजर जोसे माउरिन्होले उनले सँधै १० नम्बर जर्सी चाहेकोले प्रदान गरेको बताएका छन्।
रासफोर्डले १० नम्बर जर्सी लगाएको खेलेको मैत्रीपूर्ण फुटबल खेलमा भने युनाइटेड जर्मन क्लब वायर्न म्युनिखसँग पराजित भएको छ।
ज्याभिए रमार्टिनेजको एक मात्र गोल मद्दतमा वायर्नले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई १-० ले पराजित गरेको हो।
मार्टिनजले ५९औँ मिनेटमा गोल गरेका थिए।