PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

टोनी क्रुस बने पहिलोपटक जर्मन वर्ष खेलाडी



पहिलोपोस्ट

टोनी क्रुस बने पहिलोपटक जर्मन वर्ष खेलाडी

रियल मड्रिडबाट व्यावसयिक फुटबल खेल्ने मिडफिल्डर टोनी क्रुस पहिलोपटक जर्मन वर्ष खेलाडी घोषित भएका छन्।

फुटबल म्यगाजिन किकरले प्रदान गर्ने उक्त अवार्डका लागि क्रुसले सर्वाधिक १२५ भोट पाए। जर्मनीका खेलपत्रकारले प्रदान गरेको भोटको आधारमा विजेता छनोट गरिएको हो।

फेइवर्गका निल पिटरसन (३९) दोस्रो तथा एफसी साल्केका नाल्डो (३८) तेस्रो भए।

वर्ष खेलाडी भएपछि क्रुसले आफु एकदमै सम्मानित भएको र जो कोहीले यो अवार्ड सजिलै नपाउने प्रतिक्रिया दिए।

यस्तै जर्मनीकी कप्तान डिजेनिफर मारोजान १०५ भोट प्राप्त गर्दै महिलातर्फ वर्ष खेलाडी घोषित भइन्।

लेजेण्ड्री वायर्नु म्युनिख प्रशिक्षक युप हेनकेस वर्ष प्रशिक्षक घोषित भए। नउले ९१ भोट प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell