PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सक्रिय भए मिनी पार्लियामेन्ट, दशवटै समितिको आज पहिलो बैठक



पहिलोपोस्ट

सक्रिय भए मिनी पार्लियामेन्ट, दशवटै समितिको आज पहिलो बैठक

काठमाडौँः संघीय संसद्को पहिलो अधिवेशन सुरु भएको ५ महिनापछि गठित संसदीय समितिहरू सक्रिय भएका छन्। नियमावली पारितको करिब दुई महिनापछि साउन १७ गते संसदीय समितिहरू गठन भएका हुन्। संघीय संसदका दुबै सदनका समिति एकै दिन गठन भएका हुन्।

मिनी पार्लियामेन्टका रुपमा चिनिने समिति गठनसँगै सोमबारबाट सक्रिय भएका छन्। सोमबार प्रतिनिधिसभाका दशवटै विषय गत समितिले सोमबार पहिलो बैठक बोलाएका छन्। यसअघि गत शुक्रबार नै पहिलो बैठक बोलाए पनि स्थगित गरिएको थियो।

पहिलो बैठक परिचयात्मक हुनेछ। यस्तै, बैठकमा ज्येष्ठ सदस्यबारे जानकारी दिइनेछ। ज्येष्ठ सदस्यकै सभापतित्वमा पहिलो बैठक बस्नेछ।


सभापति चयन कहिले?

समितिको पहिलो बैठकपछि सभापति चयन नहुँदासम्म ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक बस्नेछ। दलीय सहमतिमा सभापति चयनको प्रक्रिया समितिले सभामुखलाई जानकारी दिनेछ।

समितिको जानकारीपछि सभामुखले सभापति चयनको कार्य तालिका प्रकाशनका लागि सचिवालयलाई निर्देशन दिने अभ्यास छ। प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सबै समितिमा सत्तारुढ दलको सहज बहुमत छ।

प्रतिनिधिसभाको दश विषयगत समितिमध्ये सार्वजनिक लेखा समिति भने विपक्षी दललाई दिने अभ्यास छ। तर, यसअघि भने सत्तारुढ दलहरुले नै बहुमतबाट सभापति चयन गरेका थिए। तत्कालीन नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा रहेको बेलामा माओवादीका डोरप्रसाद उपाध्याय समिति सभापति चयन भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell