PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

काठमाडौँ काँडाघारीबाट ११ वर्षीय 'बालक अपहरण', ४० लाख रुपैयाँ फिरौती माग



सविन ढकाल

काठमाडौँ काँडाघारीबाट ११ वर्षीय 'बालक अपहरण', ४० लाख रुपैयाँ फिरौती माग

काठमाडौँः काठमाडौँ काँडाघारीबाट ११ वर्षीय एक बालक अपहरणमा परेका छन्। सिन्धुपाल्चोक स्थायी घर भई परिवारसँग काँडाघारी बस्दै आएका निशान खड्काको अपहरण भएको छ। 

आइतबार साँझदेखि हराएका बालक अपहरणमा परेकाे र ४० लाख रुपैयाँ फिरौती माग भएको जानकारी परिवारले प्रहरीलाई दिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले भने 'बालक हराएको भन्ने जानकारी आएको छ। हामी खोजी गरिरहेका छौँ। परिसरका एसएसपीसहित एक सय जनाको टोली बालक खोज्न परिचालित भएको छ।' 

सिन्धुपाल्चोक घर भएका बालककी आमा केही वर्षदेखि चियापसल गर्दै आएकी छिन्। उनका बाबु वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell