काठमाडौँः प्रतिवन्धित भारतीय रुपैयाँको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ मैपी घर भएका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ र कास्की मादी गाउँपालिका ७ बस्ने ४३ वर्षीय सुरज मल्ललाई आइतबार महानगरीय प्रहरी वृत्त दरवारमार्गको टोलीले नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट प्रहरीले एक हजार र पाँच सयका भारु नोट गरी जम्मा १२ लाख ७० हजार भारतीय रुपैयाँ बरामद गरेको हो।