PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

पोखराबाट बाग्लुड जाँदै गरेको बस पर्वतको बेतनीमा दुर्घटनाः १५ जना घाइते, ६ को अवस्था गम्भीर



पहिलोपोस्ट

पोखराबाट बाग्लुड जाँदै गरेको बस पर्वतको बेतनीमा दुर्घटनाः १५ जना घाइते, ६ को अवस्था गम्भीर

पोखराः पोखराबाट बाग्लुङको लागि छुटेको बस पर्वतको बेतनीमा दुर्घटना भएको छ। पोखराबाट बिहान बाग्लुङको लागि छुटेको ग १ ख ५५९८ बस पर्वतको मोदी गाउँपालिका वडा नं ६ बेतनीमा दुर्घटना भएको हो।

दुर्घटनामा परी १५ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये ६ जना यात्रुको अवस्था गम्भीर छ। बाँकीको सामान्य रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेलाई उपचारका लागि पोखरा ल्याइएको छ। अन्य घाइतेलाई पर्वत जिल्ला अस्पताल लगिएको छ।

बस सडकबाट ३० मिटर तल खेतमा खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell