PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

पूर्व सांसद् पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित



पहिलोपोस्ट

पूर्व सांसद् पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँः राष्ट्रियसभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ।

बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए।

पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए। ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/ प्रजातान्त्रिकलगायतका आन्दोलनमा भूमिका निर्वाह गरेका पङ्गेनी कांग्रेस स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवी समेत हुन्। पङ्गेनीको आइतबार बिहान स्याङ्जास्थित आफ्नै निवासमा ५४ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो।

राष्ट्रियसभाको अर्को बैठक २३ गते ११ बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell