PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

पहिरोले अवरुद्ध नारायणगढ मुग्लिङ सडक खुल्यो, एकतर्फी सवारी सञ्चालनमा



पहिलोपोस्ट

पहिरोले अवरुद्ध नारायणगढ मुग्लिङ सडक खुल्यो, एकतर्फी सवारी सञ्चालनमा
फाइल फोटो

चितवनः निरन्तर वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ मुग्लिङ सडक र पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो पन्छाएपछि बिहान ८ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो।

जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ।

त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा खसेको पहिरो पनि पन्छाइएको छ। पहिरो पन्छाएपछि अवरुद्ध सवारी आवागमन सुचारु भएको प्रहरीले जनाएको छ। फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। फिस्लिङ इच्छाकामना गाउँपालिका–३ मा पर्दछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell