PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कर्मचारी नहुदाँ दुई वर्षअघि स्थापना भएको इलाका प्रशासनको सेवा ठप्प, 'कहिले पुग्ला गाउँमा सिंहदरबार?' 



पी बी खड्का

कर्मचारी नहुदाँ दुई वर्षअघि स्थापना भएको इलाका प्रशासनको सेवा ठप्प, 'कहिले पुग्ला गाउँमा सिंहदरबार?' 

सुर्खेत:‘सिंहदरबार गाउँगाउँमा’ भन्ने थेगो निकै चर्चामा छ। प्रदेश सरकार पनि सिंहदरबार आएको महशुस गराउने कसरतमा लागेको छ। तर, कर्णाली प्रदेशको राजधानी पश्चिम सुर्खेतका नागरिकले पाउँदै आएको सेवासमेत बन्द भएको छ।
 
पश्चिम सुर्खेतका नागरिकलाई लक्षित गरी २०७३ मा इलाका प्रशासन कार्यालय स्थापना गरी सेवा सुचारु गरिएकोमा हाल बन्द भएको हो। कार्यालय बन्द हुँदा यहाँका नागरिकले प्राप्त गर्दै आएको सेवा लिनबाट अन्योलमा परेका छन्। कार्यालय प्रमुख र अन्य कर्मचारी नहुँदा नागरिकले पाउने नागरिकता र अन्य प्रशासनिक कामका लागि पुनः सदरमुकाम वीरेन्द्रनगर धाउन बाध्य भएका छन्।
  
त्यसक्षेत्रका नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउने उद्देश्यले पश्चिम बावियाचौर सुर्खेतमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय करिव तीनहप्ता अघिदेखि सेवा ठप्प छ।
 
कार्यालयमा अधिकृत सरहको कर्मचारी नहुँदा कामकाज बन्द भएको छ। असार मसान्त २४ गदेदेखि कार्यालयको अधिकृत सरहको पद रिक्त छ। जिल्ला प्रशासन कार्यालयबाट काजमा खटिएका सुब्बा प्रकाश न्यौपानेको अवधि सकिएसँगै कार्यालयमा पद रिक्त भएको हो। खटिएका अधिकृत न्यौपानेको ६ महिने समयावधि पुरा भएपछि सरुवा भएपछि सेवा ठप्प भएको छ।
 
कार्यालयबाट नागरिकता बनाउने, सिफारिस लगाएत अन्य कामकारवाही प्रभावित बनेको स्थानीयवासी लालबहादुर विसीले बताए। ‘अहिले कार्यालयमा कर्मचारी नहुँदा काम केही पनि हुदैँन।’ उनले भने,‘कार्यालय सहयोगी त छन् अफिस पनि खोल्छन् तर, काम केही पनि हुदैँन।’ फेरि थपेँ, अव नागरिकता लगाएत केही सिफारिस चाहिए पुरानै ताल भयो, दिन भरी लगाएर सदरमुकाम जानुपर्ने।’ एक दिनको बाटो लगाएर सदरमुकाम आउनुपर्ने बाध्यता छ भने अझै काममा ढिलाई भए बासनै बस्नुपर्ने बाध्यता भएको सुनाए। 

करिव डेढ वर्षअघि भोग्दै आएको दुःख र सास्ती पुनः भोग्न नागरिक बाध्य छन्। 

‘स्थानीय सरकार आए पछि सिंहदरवार नै घरआगँनमा आएको महशुस गरेका नागरिक इलाका प्रशासनबाट हुने काम नहुँदा निराश हुनुपर्ने अवस्था छ।’ पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले भने,‘प्रशासनबाट दिदैँ आएको सेवा नागरिकता बनाउने, शिफारिस लिने लगाएतको कामका लागि सदरमुकाम वीरेन्द्रनगर धाउनु पर्ने अवस्था आयो।’

आफुहरुले जिल्ला प्रशासन कार्यालयसँग कर्मचारी पठाउन आग्रह गरेको बताए। ‘कार्यालयमा कर्मचार नहुँदा सेवा बन्द भएको जानकारी गराए लगत्तै हामीले कर्मचारी तत्काल पठाउन भनेका छौँ,’नगर प्रमुख थापाले भने।

यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले गृहमन्त्रालयबाटै कर्मचारी खटाउने हुँदा ढिला भएको बताए। तर, उनले कहिलेसम्म आईपुग्ने ठ्याक्कै भन्न सकेनन्। ‘६ महिनाका लागि कायममुकायम खटाईएको थियो सुब्बा साप प्रकाश न्यौपाने।’ उनले भने,‘उहाँको ६ महिना सकिएपछि अब अधिकृत गृह मन्त्रालयले खटाउँछ, हामीले जानकारी गराईसकेका छौँ।’

अहिले लोकसेवा आयोगले अधिकृत कर्मचारी पठाईरहेकाले अब केही समयमा आउने बताए। इलाका प्रशासन कार्यालयका सेवाग्राहीलाई आफुहरुले सेवा दिईरहेको जानकारी दिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell