PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

सृष्टि र आर्यनका करियरमा कति महत्व  'बाँध मायाले'

सृष्टि र आर्यनका करियरमा कति महत्व 'बाँध मायाले'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: मिस नेपाल २०१२ एवम् अभिनेत्री सृष्टि श्रेष्ठ फिल्म लगातार फिल्महरु गरिरहेकी छिन्। 'गाजलु'बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी सृष्टिको हिजोआज निकै चर्चा छ। उनी अभिनित फिल्म 'रोमियो एण्ड मुना' हालै प्रदर्शनमा आयो। फिल्ममा उनले गरेको अभिनयलाई दर्शकदेखी समीक्षकले प्रशंसा गरे।

उनी अहिले दर्शकको प्रतिक्रिया बटुल्न व्यस्त छिन्। मिस नेपाल सृष्टिको अभिनयले चर्चा त बट्ल्यो तर फिल्मले व्यवसायिक सफल्ता हात पारेन।

सृष्टिलाई फिल्मको व्यवसायिक विषयको सरोकार पनि छैन। उनलाई आफ्नो कामसँग मात्र सरोकार रेहको बताउँछिन्। गाजलु गरेको दुई वर्षपछि 'रोमियो एण्ड मुना' मार्फत सृष्टि दर्शकबीच देखिएकी हुन्। लालपूर्जामा सानो भूमिकामा देखिएपनि हुन्।

अहिले उनी अभिनित 'बाँध माया'ले प्रदर्शनको तयारीमा छ। फिल्ममा उनीसँगै अभिनेता आर्यन अधिकारीको अभिनय रहेको छ। आर्यनको पछिल्लो फिल्म 'बटरफ्लाई'ले पानी पनि  भन्न पाएन। आर्यन आफैका लागी यो फिल्म निकै आशावादी रहेको छ। सृष्टिको हकमा पनि यो फिल्म प्रतिक्षित बनेको छ। रोमान्स जनरामा बनेको यस फिल्मले यी दुईको करियरमा कस्तो परिवर्तन ल्याउँला त्यो फिल्म प्रदर्शन भएपछि थाह हुनेछ।

बाँध मायालाई भने सवीर श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्म आगामी असोज ५ देखी प्रदर्शनमा आउनेछ। रामहरी धिताल र विभिषिका श्रेष्ठ फिल्मका निर्माता हुन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, रामजी लामिछानेको कोरियोग्राफी, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्वन्द रहेको छ। फिल्ममा आर्यन र सृष्टिसँगै राजारामपौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ।

फिल्म प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले गीत छायाँकनका केही तस्वीर सार्वजनिक गरेका छन्। तस्वीरमा आर्यन र सृष्टि फिचर्ड छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell