PahiloPost

May 16, 2026 | २ जेठ २०८३

लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम गर्दै प्रहरी



पहिलोपोस्ट

लागु औषध दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम गर्दै प्रहरी

पाल्पाः इलाका प्रहरी कार्यालय रामपुरले लागु औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण दिएको छ।

रामपुर नगरपालिका वार्ड नम्बर ४ स्थित सीताराम माध्यमिक विद्यालयमा अध्यानरत  विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो ।

कार्यक्रममा विद्यार्थीलाई लागु औषध भनेको के हो? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ?  लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन्?  यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ? लगायत बारेमा जानकारी गराएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए।

कार्यक्रममा विद्यार्थीहरुको साथै विद्यालयका शिक्षक, समाजका अन्य व्यक्तिको पनि उपस्थित थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell