PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

नेपालमै पहिलो पटक भलिबलको लेभल टू कोचिङ कोर्स सुरु



पहिलोपोस्ट

नेपालमै पहिलो पटक भलिबलको लेभल टू कोचिङ कोर्स सुरु

काठमाठौँ : राष्ट्रिय खेल भलिबलको लेभल टू कोचिङ कोर्स सोमवारबाट काठमाडौंमा सुरु भएको छ। नेपालमा पहिलो पटक आयोजना भएको पाँच दिने विशेष कोर्समा नेपाल भारत र सिरियाका प्रशिक्षार्थी सामेल छन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले सोमवार काठमाडौँमा प्रशिक्षण शिविरको उदघाटन गरे।

ओलम्पिक कमिटीका अध्यक्ष सांसद श्रेष्ठले भलिबल राष्ट्रिय खेल भएका कारण यसको विकास र विस्तारमा सबैको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे। ‘भलिबलको विकास संघको मात्र चासोको कुरा होइन, यो आम नेपालीको गौरवको विषय हो।’ अध्यक्ष श्रेष्ठले भने, ‘राष्ट्रिय खेलको विकास गर्नु हाम्रो दायित्व पनि हो।’

नेपालमा स्तरीय प्रशिक्षकहरुको उत्पादन बढाउनका लागि पहिलो पटक लेभल टू कोर्स आयोजना गरिएको नेपाल भलिबल संघले जनाएको छ। नेपालमा लेभर टू कोर्स पूरा गरेका प्रशिक्षक अहिलेसम्म पाँच जनामात्र छन्।

भलिबल संघका महासचिव जितेन्द्र चन्दले कोर्स पूरा गर्नका लागि विदेश जाँदा धेरै खर्च लाग्ने भएकाले फेडेरेसन अफ इन्टरनेशनल भलिबल एफआईभीको सहकार्यमा नेपालमै पहिलो पटक यस कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कोर्समा नेपालबाट १६, भारतबाट २ र सिरियाबाट १ प्रशिक्षार्थी प्रशिक्षकको सहभागिता छ। उनीहरुलाई एफआईभीका कोर्स डाइरेक्टर डच नागरिक लास डे डी जोङ र प्रशिक्षक दामिर कोलोले प्रशिक्षण दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell