
काठमाडौं : करिव ७ बर्ष अगाडीको रोजी महर्जन हत्याकाण्डमा आधारित भएर बनेको फिल्म 'रोजी' प्रदर्शनको तयारीमा छ। निर्माण टिमले फिल्मको प्रचार अस्त्र पनि सार्वजनिक गरेको छ।
प्रताप दास र प्रविशा अधिकारीले स्वरमा फिल्मको 'फूल हैन...' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा प्रदीप खड्का र मिरुना मगर फिचर्ड छन्। गीतलाई टर्कीका रमणीय स्थान इस्तानबुल, साल्टलेक र कोनियामा छायाँकन गरिएको हो। गीतमा एलिस कार्कीको पार्श्व संगीत रहेको छ।
कविराज गहतराज गीतको कोरियोग्राफर हुन्। क्राइम थ्रीलर र रोमान्टिक जनरामा बनेको फिल्मलाई नीरक पौडेलले निर्देशन गरेका हुन्। ‘कुसुमे रुमाल २’ र ‘होमवर्क’ निर्देशक पौडेलका फछिल्ला फिल्महरु हुन्। भदौ २२ मा प्रदर्शनमा आउने फिल्ममा
अनुप सापकोटाको कथा, केदार भुषालको पटकथा, राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत रहेको छ। फिल्ममा प्रदीप र मिरुनासँगै परमिता राणाको मुख्य अभिनय छ। फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो।