PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

एसियन गेम्सका लागि विशेष प्रशिक्षण गर्न कुस्ती खेलाडी भारत प्रस्थान



पहिलोपोस्ट

एसियन गेम्सका लागि विशेष प्रशिक्षण गर्न कुस्ती खेलाडी भारत प्रस्थान

काठमाडौँ : इन्डोनेसियामा हुने १८औं एसियन गेम्समा सहभागि हुने नेपाली कुस्ती टोली १० दिने विशेष प्रशिक्षणका लागि सोमवार भारत प्रस्थान गरेको छ।

एसियन गेम्स खेल्ने तीन खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकसहितको टोलीलाई नेपाल कुस्ती संघका अध्यक्ष राज मोहम्मद अन्सारीले बिदाइ गरे।

नेपाली टोलीले भारतको उत्तरप्रदेशस्थित नन्दनीनगर स्पोर्टस कम्प्लेक्समा विशेष प्रशिक्षण गर्नेछ। नेपाली खेलाडीले भारतका ओलम्पियन खेलाडीहरुसँग पनि प्रशिक्षण गर्नेछ।

एसियन गेम्समा नेपालबाट सरोज यादवले ६५ केजी फ्रिस्टाइलमा, भगवती साह तेलीले ५७ केजी फ्रिस्टाइलमा र सुरेश चुनाराले ७४ केजी फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्।

कुस्ती टोली विशेष तयारीपछि अगष्ट १५ मा काठमाडौं फर्कनेछ र त्यसपछि इण्डोनेसिया प्रस्थान गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell