PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पहिरो पीडितलाई राहत लिएर प्रदेश सरकारको टोली जाजरकोट 



पी बी खड्का

पहिरो पीडितलाई राहत लिएर प्रदेश सरकारको टोली जाजरकोट 

सुर्खेत: अविरल वर्षाले आएको पहिरोबाट क्षति पुगेको जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं.–३, ठाँटी बजारमा प्रदेश सरकारको राहतसहितको टोली त्यसतर्फ लागेको छ। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी सहितको टोली राहत लिएर जाजरकोट पुगेका हुन्।
 
परिवारका प्रति मृतक रु २५ हजार नगद, खाद्यान्न तथा आवश्यक सामग्री लिएर टोली पुगेको हो।
 
पहिरोमा परी वेपत्ताको उद्धार कार्यलाई तिव्र बनाउनसमेत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

पहिरोको समस्या सामाधान तथा पुनर्वासको व्यवस्थाका लागि घटनास्थलको प्राविधिक जाँचसहित सुझाव पेश गर्न प्राविधिक टोली पनि सोही राहत टोलीसँगै पठाईएको छ।
 
अविरल वर्षासँगै आएको पहिरोमा परि एकै घरका ४ सहित ८ जनाको मृत्यु, १ जना वेपत्ता र १ जना घाईते भएको घटनाप्रति मुख्यमन्त्री शाहीले गहिरो दुख व्यक्त गरेका छन्। 

मुख्यमन्त्री शाहीले प्राकृतिक विपदमा परी निधन भएका सबै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

मुख्यमन्त्रीले जोखिमयुक्त क्षेत्रमा वसोवास रहेका सवै नागरिकलाई उच्च सुरक्षा सतर्कता अपनाउन, सम्भव रहेसम्म सुरक्षित ठाउमा बसाई सर्न, तथा विपदका घटना हुने वितिकै नजिकको प्रहरी कार्यालय वा प्रदेश सरकारको हटलाईन नं. १०९६ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell