PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

पोखरामा भदौ १ देखि खुल्ला पुरुष बिच भलिबल हुने



पहिलोपोस्ट

पोखरामा भदौ १ देखि खुल्ला पुरुष बिच भलिबल हुने

पोखरा : पोखरामा 'प्रथम खुल्ला पुरुष बिच भलिबल प्रतियोगिता २०७५' हुने भएको छ। कास्की जिल्ला भलिबल संघको आयोजनामा भदौ १ देखि हुने बिच भलिबलका लागि तयारी तिब्र पारिएको आयोजकले जनाएको छ।

पोखरा फेवातालको किनार बाराही घाटमा भदौ १ देखि ३ गतेसम्म हुने प्रतियोगितामा २५ टिम भन्दा बढीको सहभागिता रहने संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिएका छन्।

प्रतियोगितामा प्रथम र दोस्रव हुने टिमलाई क्रमश: नगद ३० र २० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगितामा सहभागि हुन साउन ३० गतेसम्म टिम दर्ता गरायन सकिनेछ।

पोखरालाई खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्न तथा बिच भलिबलका खेलाडी उत्पादनलाई समेत मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पराजुलीले बताए।

कुल ४ लाख ८५ हजार खर्च लाग्ने प्रतियोगितालाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती, कास्की जिल्ला खेलकुद विकास समिती, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ लगाएतका विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने भएका छन् भने प्रतियोगिताको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ।

१३औं दक्षिण एशियाली खेलकुद (साग)मा समेत पोखरामा बिच भलिबलको तयारी भइरहेको  र यस्तो प्रतियोगिताले सागलाई सहयोग पुर्‍याउने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष एवम कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले बताए। 'हामीलाई १३औं सागका लागि तयारी गर्नु पर्ने अवस्था छ र यो प्रतियोगिताले त्यसका लागि सहयोग पुग्ने छ' अध्यक्ष गुरुङले भने ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell