PahiloPost

May 16, 2026 | २ जेठ २०८३

सुनुवाइ समितिको आरोपमा जोशीको दोस्रो प्रष्टीकरण, भन्छन् ‘राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइयो’



पहिलोपोस्ट

सुनुवाइ समितिको आरोपमा जोशीको दोस्रो प्रष्टीकरण, भन्छन् ‘राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइयो’

काठमाडौँः संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका कायम मुकामय प्रधानन्यायाधीश दीपकराज जोशीले समितिमा आफूलाई अयोग्य घोषित गर्नेगरि पेस भएका पाँचबुदे आरोपको पुनः खण्डन गरेका छन्। 

यसअघि शनिबार समितिको निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै वक्तव्य जारी गरेका जोशीले सोमबार साँझ पुनः दोस्रो प्रष्टीकरण जारी गर्दै समितिले पेस गरेका आधार र कारणमथि टिप्पणी गरेका हुन्।

जोशीले समितिले आफूलाई कार्ययोजना पेस गर्न नसकेको भनेर लगाएको आरोप पूर्वाग्रही र द्धेषपूर्ण भएको बताएका छन्। जोशीले आफूले पेस गरेको ४४ बुँदे कार्ययोजनाको समितिले मूल्याङ्कन नगरेको टिप्पणी गरेका छन्। 

उनले नागरिकस्तरबाट आएका उजुरीको जवाफ नदिएको आरोपको पनि खण्डन गरेका छन्। जोशीले भनेका छन् ‘सुनुवाइका क्रममा आम नागरिकबाट मेरो विषयमा सार्वजनिक रुपमा समितिमा परेका उजुरीको विषयमा उचित जवाफ नदिएको भन्ने जवाफका सन्दर्भमा मैले सुनुवाइ समितिमा आफ्ना कुराहरु राखिसकेकोमा जवाफ नदिएको भनी राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोप आधारहीन छ।’

जोशीले विचाराधीन विषयमा छलफल नगर्न आफूले गरेको आग्रहलाई अनावश्यक रुपमा प्रचार गरिएको पनि टिप्पणी गरेका छन्।

पढ्नुस् प्रष्टीकरणको पूर्ण विवरण

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell