
काठमाठौँ : यही अगष्ट अन्तिमबाट मलेसियामा सुरु हुने एसिया कप छनोट क्रिकेटका लागि हङकङ र ओमानले अन्तिम टोली घोषणा गरेका छन्।
बाबर हायतको कप्तानीमा हङकङको १५ सदस्यीय टोली घोषणा भएको हो। टोलीका अंशुमन रथ (उपकप्तान), तनविर अफजल, नादिम अहमद, हारोन अर्साद, क्रिस कार्टर, अइजाज खान, एहसान खान, निजाकात खान, वाकास खान, क्यामरन म्याकअस्ला, स्कट म्याकेन्नी, एहसान नवाज, किन्चित शाह र जथा सुब्रमन्यम छन्।
यस्तै वैकल्पिकमा अफताव अहेमद, तनविन अहेमद, राग कपुर, धजानफर मोहम्मद, साहिद वासिफ छन्।
यस्तै ओमानले जिसान मक्सुदको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। यसअघिका कप्तान सुल्तान अहेमद भने टोलीमा छैनन्। उनको स्थानमा विकेटकिपर ब्याट्सम्यान सुरज कुमारले पहिलोपटक ओमानी टोलीमा स्थान बनाएका छन्।
टोलीका अन्य खेलाडीमा खावँर अली (उपकप्तान), जितन्दर सिंह, आकिव इल्यास, वैभव वाटेगाओनकर, मुहम्मद नदिम, मेहरान खान, मुहम्मद नसिम, जे ओडेड्रा, बिलाल खान, अहेमद फएज बट, मलिमुल्लाह, सुफ्यान महमुद र अजय लालचेटा छन्। यस्तै वैकल्पिकमा नेस्टोर धाम्बा, ट्विङ्कल भण्डारी, वासिम अली र युसुफ अल बालुसी छन्।
अगष्ट २९ बाट सेप्टेम्वर ६ सम्म मलेसियाको क्वालालम्पुरमा हुने एसिया कप छनोटमा हङकङ र ओमानसहित नेपाल, युएई, सिंगापुर र आयोजक मलेसियाले राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ र विजेता सेप्टेम्बरमै युएईमा हुने एसिया कपमा लागि छनोट हुनेछ। साथै विजेताले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउँनेछ।
एसिया कप छनोट खेल्ने टिममध्ये नेपाल र युएई ओडिआई मान्यता प्राप्त टोली हुन्। पहिलोपटक ओडिआई मान्यता पाएको नेपाल नेदरल्याण्ड्ससँग पहिलो ओडिआई सिरिज खेलेर हिजो मात्रै नेपाल फर्किएको छ। प्रशिक्षक जगत टमाटाका अनुासर अब केही दिनपछि नै नेपालले एसिया कप छनोटको लागि तयारी थाल्नेछ।