PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ



पहिलोपोस्ट

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

लमजुङः नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

दुधपोखरी गाउँपालिका २ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो। गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए।

परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell