काठमाडौं : अभिनेता पल शाह फेरी म्यूजिक भिडियोमा फर्केका छन्। पछिल्लो समय 'शत्रुगते'मा देखिएका पल नयाँ म्यूजिक भिडियो गर्न व्यस्त देखिन्छन्।
'नाई नभन्नु ल ४' बाट फिल्म क्षेत्रमा डेब्यू गरेका पललाई दर्शकले फिल्ममा पनि रुचाए। म्यूजिक भिडियोबाट फिल्ममा प्रवेश गरेका पलको 'जोनी जेन्टलमेन्ट' खासै चलेन। पुजा शर्मासँग म यस्तोमा देखिएका पल यतिखेर म्यूजिक भिडियोमा फर्किएका हुन्। उनी एक समय म्यूजिक भिडियो गर्न अत्याधिक पारिश्रमिक लिने कलाकारमा पर्थे।
हालै उनी अभनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। निसान घिमिरेको निर्देशनान बनेको ‘तिम्रो महल’बोलको गीतको भिडियोमा पल देखिएका हुन्। भिडियोमा पलसँगै सृष्टि खड्का फिचर्ड छन्। गीतमा अमर न्यौपाने शब्द, हरि लम्सालको संगीत र नारायण धितालको स्वर रहेको छ।