PahiloPost

May 16, 2026 | २ जेठ २०८३

'मिस टुरिजम–२०१८' को प्रथम अडिसन सम्पन्न



पहिलोपोस्ट

'मिस टुरिजम–२०१८' को प्रथम अडिसन सम्पन्न

काठमाडौं :  'मिस टुरिजम–२०१८' को प्रथम अडिसन आईतबार काठमाडौंमा सम्पन्न भएको छ। प्वाईन्ट मिडिया प्रा.लि द्धारा आयोजित प्रतियोगिताको अडिसनमा १८ जना प्रतिस्पर्धिहरुले अडिसन दिए।

अडिसनको निर्णायकमा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का उपाध्यक्ष खुमबहादुर सुवेदी, युवा पर्यटन व्यवसायि एवम् पुस्तक लेखक राजन सिम्खडा, युवा पर्यटन व्यवसायि विष्णु पाण्डे, मिस टुरिजमका कोरियोग्राफर रोजिन शाक्य, मिस टुरिजम–२०१६ ओरुषा थापा रहेका थिए।

आयोजक टिमका नविन काफ्लेले कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने बताए। 'मिस टुरिजम–२०१८'को ग्राण्ड फाईनल आगामी भाद्र ९ गते काठमाडौंमा हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell