PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

नारायणीमा गर्भवती मृत्यु प्रकरण : दोषी अहेवलाई कारवाहीको तयारी



राधेश्याम पटेल

नारायणीमा गर्भवती मृत्यु प्रकरण : दोषी अहेवलाई कारवाहीको तयारी

वीरगंज : चिकित्सकको लापारवाहीका कारण रमिता देवीको मृत्यु भएको विषयमा घटनामा संलग्न स्वास्थ्यकर्मीलाई छानविन गरी कारबाई गर्ने तयारी भएको छ।

शनिवार विहान भएको घटनापछि अस्पताल तनावग्रस्त रहँदै आएको छ। घटनाको छानबिन गर्न गठित समितिले दोषी स्वास्थ्यकर्मीलाई विभागीय कारबाहीका लागि सिफरिस गर्ने जनाएको छ। गर्भवती रमिताको उपचारका क्रममा गलत औषधिका कारण मृत्यु भएको भन्दै आफन्त आन्दोलित बनेका हुन्।

छानबिन समितिले अस्पताल प्रशासनलाई प्रतिवेदन बुझाई दोषीलाई कानुनी दायरामा ल्याउन लागेको र अगामी दिनमा अस्पतालको आकस्मिक कक्षमा लापारवाही हुन नदिने प्रतिवेदन तयार पारेको छ।

नारायणी उपक्षेत्रीय अस्पतला वीरगंजका डाक्टर एवं छानबिन समितिका सदस्य डा. उदयनारायण सिंहका अनुसार छानबिन गर्दा रमितालाई बिहान पेट दुख्दा कुन इन्जेक्सन लगाउनुपर्ने हो, त्यस बारेमा अहेव सुरेश गुप्ताले ड्युटीमा रहेका चिकित्सक डा. कृष्ण अधिकारीसँग परामर्श नगरेको र इन्जेक्सन दिइसकेपछि रमितलाई अप्ठेरो भइरहँदा कुरुवाले पटकपटक विरामी हेर्न बोलाउँदा अहेब हेर्न समेत नगई चरम लापारवाही गरेको उल्लेख छ।

ड्युटीमा रहेका डा. अधिकारी ड्युटी कोठामा आराम गरिरहेको अवस्थामा अहेब गुप्ता आफैले अनुभवको आधारमा रमिताको पति सतेन्द्रलाई तीन वटा इन्जेक्सन (पेन्टोप्राजोल, बुस्कोपान र ट्रमाडोल) खरिद गर्न लगाएर सुइ दिएका थिए। इन्जेक्सन लगाएको केही बेरमै रमिता थरथराउन थालिन र अचेत हुँदै मुखबाट र्‍याल र पानी निक्लेको थियो। पछि उनको मृत्यु भयो। यस विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकसँग कुरा गर्दा छानबिन समितिले छानबिन गरी प्रतिवेदन बुझाउने तयारी गरेको बताए।

‘समितिले आज प्रतिवेदन बुझाउँदै छ। हेरौं के छ, त्यसैको अधारमा कारबाही प्रकृया अघि बढाउँछु,’ उनले भने, ‘यदि संगिन प्रकारको दोष देखियो भने अहेब सुरेश गुप्ताको चिकित्सकीय अभ्यासमा प्रतिबन्ध समेत  लगाउने किसिमले कारबाई हुनसक्छ।’ यसका लागि अस्पतालले मेडिकल काउन्सिल र स्वास्थ्य विभागमा विभागीय कारबाहीको लागि पत्रचार गर्ने उनले बताए।

शुक्रवार राति ८ बजे रमितलाई अचानक रिगटा लागेर पटे दुख्दा अस्पताल पुर्‍याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell