PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

स्कुल बसको ठक्करबाट बालकको मृत्यु



पी बी खड्का

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

सुर्खेत : स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। वीरेन्द्रनगर–११ स्थित गाग्रेताल नजिकै ११ वर्षीय प्रदीप अधिकारीको मृत्यु भएको हो। 

सुप्रिम इङ्ग्लिस बोर्डिङ स्कुलको भे १ क ४७३ नम्बरको बसले सोमबार साँझ उनलाई ठक्कर दिएको थियो। टाउकोमा गम्भीर चोट लागेका अधिकारीलाई उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ राखिएको थियो।

बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। बस र सवारी चालक तेजबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell