PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रचारमा १८ लाख, फिल्मले कस्तो व्यापार गर्ला ?



पहिलोपोस्ट

 प्रचारमा १८ लाख, फिल्मले कस्तो व्यापार गर्ला ?

काठमाडौं : निर्माता सन्तोष सेनको टिम यतिखेर फिल्म प्रचारका लागी मोफसलतिर छन्। ७ वर्षिय छोरो आयुवलाई लिएर उनको टिम  मोफसल पुगेको हो।

भाद्र १५ देखि प्रदर्शनमा आउने फिल्म 'मेरी मामु'को टिम पुर्वका विभिन्न विद्यालयमा प्रचार गरेको छ। फिल्मका मुख्य कलाकार आयुव र नायिका कुसुम गुरुङका साथमा निर्माता सेन विद्यालय पुगेका हुन्। फिल्म बाल मनोविज्ञानमा आधारित रहेकोले निर्माण टिम विद्यालयमा प्रचारका लागि पुगेको हो।

टिमले विद्यालगमा प्रोजेक्टर मार्फत फिल्मको गीत देखाए। धरानका विद्यालयहरु के.के. इन्टरनेशनल, दिपेन्दै प्रहरी स्कुल, पव्लिक हाईस्कुल, यु.एन कलेज र धरान इङ्ग्लिस बोर्डिंङ स्कुल लगायत अन्य विद्यालयहरुमा मेरी मामुको टोली पुग्यो।

टिम धरानपछि बिर्तामोड पुगे। बिर्तामोडका देवभुमि स्कुल, कन्काई हाईस्कुल, पुर्वान्चल हाईस्कुल, मनकामना कलेज लगायत अन्य कलेजहरुमा फिल्मको प्रचार सामग्री देखाइएको टिमको एकले जनाए। मंगलबार, बुधबार र बिहिबारसम्म पुर्वका दमक, इटहरी र बिराटनगरका विद्यालयामा पुग्ने निर्माता सेनले जनाए।

फिल्मको 'थाईल्याण्ड टुर' प्रतियोगितामा विद्यार्थी आकर्षित भए। निर्माता सेन फिल्म प्रचारमा निकै ध्यान दिने गर्छन्। प्रचारमा खर्च पनि गर्छन्। अहिलेसम्म फिल्मको प्रचारमा करिव १८ लाख खर्च भइसकेको निर्माता सेनले जनाए। उनले भने 'राम्रो फिल्म बनाएर प्रचार नगरे दर्शकलाई थाह हुँदैन त्यसैले प्रचारमा ध्यान दियौं।'

उनले पछिल्ला फिल्ममा पनि प्रचारमा निकै रकम खर्चेका थिए। फिल्मको पोस्टर र ट्रेलरपछि मिडियामा प्रचारका लागी बिज्ञापनमा खर्च गर्ने तयारीमा छन् सेन।

प्रचारमा यत्तिका रकम खर्च गरेका सेनले फिल्मबाट कस्तो आम्दानी बटुल्ने हो त्यो फिल्म रिलिजपछि थाह हुनेछ। यम थापा निर्देशित फिल्ममा आयुव र कुसुमसँगै अश्लेषा ठकुरी र सारुक ताम्राकार लगायतको अभिनय रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell