PahiloPost

May 16, 2026 | २ जेठ २०८३

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान बनाएका हडारीले लिए सन्यास



पहिलोपोस्ट

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान बनाएका हडारीले लिए सन्यास

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान बनाएका इजिप्टमा गोलकिपर एसाम अल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्।

रसियामा विश्वकप खेलेको एक महिना नबित्दै ४५ वर्षिय भेट्रान हाडारीले सन्यास लिएका हुन्।

२१औँ विश्वकप अन्तर्गत समूह चरणको खेलमा साउदी अरेबिया विरुद्ध मैदा उत्रँदै उनले कीर्तिमान बनाएका हुन्। विश्वकपका एक खेल मात्र खेलन पाएका हाडारी साउदी विरुद्ध खेल्दा ४५ वर्ष १६१ दिनका थिए। हाडारीले पहिलो हाफमा पेनाल्टी समेत रोकेका थिए।

सन् १९९६ मा इजिप्टको राष्ट्रिय टिमका लागि डेब्यु गरेका हाडारीले चार पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेका छन्।

'राष्ट्रिय टिमको लागि १५९ खेल खेल्न पाउँदा म एकदमै गौरवान्वित छु र यो ठूलो उपलब्धी हो।' हाडारीले भने।

'२२ वर्ष ४ महिना १२ दिनपछि मेरो ग्लोभ्स थन्क्याउन मैले यो नै सहि समय ठानेँ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell