PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

भोलिबाट सीपीएल सुरु, सन्दीप सम्मिलित टिमको खेल बिहीवार



पहिलोपोस्ट

भोलिबाट सीपीएल सुरु, सन्दीप सम्मिलित टिमको खेल बिहीवार

काठमाडौँ : क्यारेबियन प्रिमियर लिग भोलिबाट सुरु हुँदैछ। ६ टोली सहभागी प्रतियोगितामा यस पटक नेपाली युवा स्टार सन्दीप लामिछानेले समेत खेल्दैछन्। सन्दीपलाई क्रिस गेलको टिम सेन्ट नेभिस एण्ड प्याट्रिओट्सले अनुबन्ध गरेको हो।

सीपीएल खेल्नका लागि सन्दीप नेदरल्याण्ड्सबाट आइतवार नै वेष्टइन्डिज पुगिसकेका छन्।
 

प्रतियोगिता भोलिबाट सुरु हुने भएपनि सन्दीप सम्मिलित टिमको गेम भने बिहीवार छ।

भोली उद्घाटन खेलमा साविक विजेता ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया स्टारबीच खेल हुनेछ।

सन्दीपको टोली प्याट्रिओट्सले बिहीवार गुएना अमेजन वारियर्ससँग खेल्नेछ। उक्त खेल नेपाली समयअनुसार राती ११:४५ बजे गुएनाको मैदान प्रोभिडेन्स स्टेडियममा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell