
काठमाडौँ : एसियन गेम्सको तयारीका लागि हाल थाइल्याण्डमा रहेको नेपाल यू-२३ टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ।
बैँककस्थित पुलिस तेरो एफसीको मैदानमा भएको खेलमा नेपाल यू-२३ टोली पुलिस तेरोको बी टिमसँग १-० ले पराजित भएको हो।
आफ्नै खेलाडीले गरेको आत्मघाती गोलमा नेपाली टोली पारजित भयो। खेलको ३९औँ मिनेटमा आदित्य चौधरीले आफ्नै पोष्टतर्फ हानेको बल गोलकिपर एलान न्यौपानेले रोक्न नसक्दा आत्मघाती गोल भएको हो।।
नेपालले आगामी शनिवार थाइल्याण्ड यू-२३ सँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ।
इन्डोनेसियामा हुने एसियन गेम्सअन्तर्गत समूहमा डी मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ।