PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

'ग्रिन्ड पार्टी'को तेस्रो संस्करण सहभागीका लागि 'चार्टर्ड प्लेन' 



पहिलोपोस्ट

'ग्रिन्ड पार्टी'को तेस्रो संस्करण सहभागीका लागि 'चार्टर्ड प्लेन' 

काठमाडौं : पार्टी नेपालको आयोजनामा सर्वाधिक ठूलो 'पुल पार्टी' पुन: आयोजना हुने भएको छ। 'ग्रिन्ड' नाम दिइएको उक्त कार्यक्रमको तेस्रो संस्करण आउँदो सेप्टेम्बरमा हुन लागेको हो। 

१५ वर्षदेखि देश, विदेशमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको पार्टी नेपालले यसअघि 'ग्रिन्ड'को दुई संस्करण भव्यताका साथ सम्पन्न गरिसकेको थियो। योपटक 'लेट्स गेट आउट अफ द बक्स' भन्ने नारासहित आयोजना गर्न लागेको पार्टीमा सर्वाधिक धेरैको सहभागीता गराउने लक्ष्य लिएको छ। विज्ञप्तीमा लेखिएको छ- यो पुल पार्टीको लक्ष्य आन्तरिक पर्यटकलाई फैलाउने हो। 

आयोजक संस्थाले उक्त पार्टीलाई रिफ्रेसमेन्ट तथा ग्यादरिङको उत्कृष्ट मौका हुने दाबी गरेको छ। नेपालको हकमा यस्तो पार्टी निकै कम हुने जनाएको छ। 

एक्सक्लुसिभ भनिएको पार्टी अन्तर्गत ३ वटा चार्टर्ड फ्लाइटबाट सहभागीलाई भैरहवाको गौतमबुद्ध विमानस्थलमा लगिने छ। त्यहाँ रहेको टाइगर प्यालेस रिसोर्टमा राखिनेछ जहाँ सबैभन्दा ठूलो स्विमिङ पूल रहेको आयोजकले जनाएको छ। 

पार्टीमा सहभागी हुन चाहनेले सात हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म सुविधा अनुसार खर्चनु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell