PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

एसियन गेम्स : नेपाली प्याराग्लाइडिङ टोली इण्डोनेसिया प्रस्थान



पहिलोपोस्ट

एसियन गेम्स : नेपाली प्याराग्लाइडिङ टोली इण्डोनेसिया प्रस्थान

पोखरा : इण्डोनेसियामा यही अगष्ट १८ देखि सेप्टेम्वर २ सम्म आयोजना हुने १८औं एसियन गेम्स सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलवार पोखराबाट प्रस्थान गरेको छ।

नेपालबाट ५ पुरुष र ३ महिला गरी कूल ८ खेलाडीले एसियन गेम्समा प्रतिस्पर्धा गर्नेछन्। प्याराग्लाइडिङ टोलीमा रहेका सबै खेलाडी कास्कीका हुन्। यस्तै टिममा सबैभन्दा कान्छा खेलाडी १६ वर्षका युकेश गुरुङ पनि छन्।

खेलाडीहरुमा बिमल अधिकारी (टिम कप्तान), बिशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, बिजय गौतम र महिला खेलाडीहरुमा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ रहेका छन्। टिमसँग प्रशिक्षक योगश भट्टराई पनि इन्डोनेसिया प्रस्थान गर्दै छन्।

नेपाली टोलालई मंगलवार पोखरामा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रिय महासचिव शैलेन्द्र राउत लगायतले बिदाइ गरे।

नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टा–छुट्टै पदकका लागि भिड्ने छन्।

नेपाली टिम थप प्रशिक्षणका लागि एक साता अघि नै इण्डोनेशिया जान लागेको हो। 'प्याराग्लाइडिङमा खेल आयोजना हुने स्थानको हावाको चाप लगायतले पनि प्रभाव पार्ने हुनाले खेलाडीलाई त्यहाँ अभ्यस्त बनाउन एक साता अघि नै जान लागेका हौं' प्रशिक्षक भट्टराईले भने।

नेपाली टिमका व्यवस्थापक शैलेन्द्र राउत र अर्का प्रशिक्षक सानुबाबु सुनुवार भने एक सातापछि त्यसतर्फ प्रस्थान गर्नेछन्।

एसियन गेम्समा प्याराग्लाइडिङ खेल अगष्ट १८ देखि ३० सम्म आयोजना हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell