PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

इन्टरनेशनल च्याम्पियन्स कप : रियल र चेल्सी विजयी



पहिलोपोस्ट

इन्टरनेशनल च्याम्पियन्स कप : रियल र चेल्सी विजयी

प्रि सिजन टुर अन्तर्गत भइरहेको इन्टरनेशनल च्याम्पियन्स कपको अन्तिम खेलमा रियल मड्रिड र चेल्सी विजयी भएका छन्।

स्पानिस जायन्ट रियल मड्रिडले इटालियन क्लब रोमालाई २-१ ले हरायो।

रियलका लागि पहिलो हाफमा मार्को असेन्सिओ र गारेथ बेलले गोल गरे। रोमाका लागि दोस्रो हाफमा केभिन स्ट्रुटनले एक गोल फर्काए।

यस्तै चेल्सीले पेनाल्टीसुटआउटमा फ्रेन्च क्लब लियोनलाई ५-४ ले पराजित गर्‍यो। चेल्सीका लागि भेट्रान गोलकिपर रोवर्ट ग्रीनले लियोनको एक पेनाल्टी रोकेका थिए। त्यसअघि एडेन हाजार्डले अन्तिम पेनाल्टी गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो। जहाँ चेल्सीका लागि जर्जिन्हो, रोस बार्कले, मार्कोस अलोन्सो, सेजार अजप्लिकुएटा र हाजार्डले गोल गरे। लियोनका लागि जोर्डन फेरी, मार्सेलो, अमिने गौरी र केनी टेटेले गोल गरे। पापे चेइखको प्रहार चेल्सीका गोलकिपर ग्रीनले उचाउ गर्दै लण्डन टोली जित दिला।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell