PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

प्रतिवन्धित भारतीय रुपैयाँसहित तीन जना पक्राउ



पहिलोपोस्ट

प्रतिवन्धित भारतीय रुपैयाँसहित तीन जना पक्राउ

काठमाडौँः महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध भारतीय रुपैयाँ दुई लाख ६३ हजार २०० र नेपाली एक लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मकवानपुरका ५० वर्षीय ज्योतिरत्न बज्राचार्य, ६१ वर्षीय हरिशरण श्रेष्ठ र ५९ वर्षीय प्रेमलाल श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

दक्षिणकाली नगरपालिका–५ फर्पिङमा विभिन्न सवारी साधन चेकजाँचका क्रममा उनीहरूलाई सोमबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो। 
बा ६ च ३७७९ नंको सिल्भर रङ्गको हुण्डाई टक्सन कारको डिक्कीमा लुकाएर ल्याएको अवस्थामा उक्त रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए। 

पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell