PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

हेटौँडाको ओमम्याक्स हलमा आगलागी



पहिलोपोस्ट

हेटौँडाको ओमम्याक्स हलमा आगलागी
तस्विरः शान्तिप्रियको फेसबुकबाट

काठमाडौः हेटौँडास्थित ओमम्याक्स हलमा आगलागी भएको छ। आगो नियन्त्रणका लागि दुईवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समेत परिचालित भएका छन्। इलाका प्रहरी कार्यालय हटौँडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा पुगेको प्रहरी टोलीले आगो नियन्त्रण लिने प्रयास गरिहरेको प्रहरीले जनाएको छ। 

चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमले आगलागी अझै नियन्त्रणमा नआएको जनाए।

विद्युत लाइन सर्ट हुँदा बिहान १० बजेतिर आगोलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हलमा दिउँसोको सो मात्र भएकाले हल खाली थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell