PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

'मिस्टर एण्ड मिस एम्पेरर'को फिनाले श्रावण ३१ मा



पहिलोपोस्ट

'मिस्टर एण्ड मिस एम्पेरर'को फिनाले श्रावण ३१ मा

काठमाडौं :  'मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड'को  काठमाडौं ग्राण्ड फिनाले श्रावण ३१ गते हुने भएको छ। पर्फेक्ट प्लान इन्टरटेन्मेन्टको आयोजनामा काठमाडौंको राष्ट्रिय सभागृहमा फिनाले हुने भएको हो।

फिनालेमा चर्चित मोडल निती शाह, नायक गौरव पहारी, चलचित्र निर्देशक अमरदीप सापकोटा निर्णायक रहनेछन्। आयोजक टिममा कलाकारद्वय सलोन बस्नेत र आमेश भण्डारी तथा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन्।

काठमाण्डौं फिनालेपछि देशभरका अन्य नौ शहरमा अडिसन हुने आयोजक टिमले जनाए। प्रतियोगिता दुई चरणमा हुनेछ। काठमाण्डौं सहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा, विराटनगर, बाग्लुङ्ग र म्याग्दीमा ‘मिस्टर एण्ड मिस एम्पेरर’ हुनेछ। हरेक शहरबाट विजेता बनेरका तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअपले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन्।

दश वटै शहरका विजेताले नेपाली चलचित्रमा ब्रेक पाउनुका साथै नगद पुरस्कार प्राप्त गर्नेछन्। काठमाण्डौ उपत्यकाको लागि असार महिनामा पहिलो चरणको प्रतियोगिता सम्पन्न हुनेछ। त्यसपछि हरेक महिना एक शहरमा प्रतियोगिता हुनेछ। दशवटै शहरमा पहिलो चरणको प्रतियोगिता सकिएपश्चात दोश्रो चरणको प्रतियोगिता काठमाण्डौंमा आयोजना हुने बताईएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell