PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

रोबर्ट रेडफर्डको अभिनयबाट सन्यास, अन्तिम फिल्म सेप्टेम्बरमा



पहिलोपोस्ट

रोबर्ट रेडफर्डको अभिनयबाट सन्यास, अन्तिम फिल्म सेप्टेम्बरमा

हलिउड स्क्रिन लिजेन्ड तथा अस्कर विजेता रोबर्ट रेडफर्डले अभिनयबाट सन्यास घोषणा गरेका छन्। ८१ वर्षको उमेरमा उनले रिटायर्ड जिन्दगी बिताउने निर्णय गरे। अब ‘वल्ड म्यान एण्ड द गन’ उनको अन्तिम फिल्म हुनेछ। फिल्म प्रदर्शन भएको छैन।

६० वर्ष अघि हलिउड इन्ट्री गरेका रोबर्टले अभिनेता, निर्देशक, निर्माताको रुपमा काम गरे। उनको सन डान्स फिल्म इन्स्टिच्युट छ जसले फिल्म महोत्सव समेत आयोजना गर्छ। उनले मिडियासँग भने,'म २१ वर्षको हुँदादेखि गरें। अब पुग्यो।' उनले अभियबाट सन्यास लिएको भनेपनि निर्देशन बारे अझै सोच्न पर्ने बताएका छन्।

उनी आफ्नो अन्तिम फिल्म ‘वल्ड म्यान एण्ड द गन’ बारे भने निकै उत्साहित छन्। जसमा ६० वर्ष जेल परेको बुढो लुटेराको कथा समेटिएको छ। 'यो मैले चाहेजस्तै फिल्म छ। र मेरो भूमिका पनि मैले खोजेकै जस्तो।' फिल्म आउँदो २८ सेप्टेम्बरमा सार्वजनिक हुँदैछ, जसलाई डेभिज लावरीले निर्देशन गरेका छन्।

रोबर्ट सन् १९३६, १८ अगस्तमा क्यालिफोर्नियामा जन्मिएका हुन्। सन् १९५५ मा आमाको निधनपछि युरोप गएका उनी पढाई पुरा नगरी अमेरिका फर्किए र न्यूयोर्कमा अमेरिकन एकेडेमी अफ ड्रामाटिक आर्टमा भर्ना भए। उनले अभिनय रङ्गमञ्चबाट सुरु गरेका हुन्। रोमान्टिक कमेडी टिभी कार्यक्रम 'बेयर फूट इन द पार्क'बाट उनले चर्चा कमाएका हुन्। 'वार हन्ट'बाट डेब्यु गरेका उनको फिल्महरु बच क्यासिडी र सन्डेन्स किड गरेपछि उनको करियरले टर्निङ प्वाइन्ट बन्यो।

'इन्साइड डेजी क्लोभर'बाट अस्कर अवार्ड जितेका रोबर्टले हलिउडलाई सर्वाधिक चर्चित फिल्महरु 'द ग्रेट ग्याट्बी', 'द स्टिङ', 'ब्रुबेकर', आउट अफ अफ्रिका दिए। अर्डिनरी पिपल, क्विज सो लगायत उनले निर्देशन गरेका फिल्म हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell