PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

आईटी पढ्न अमेरिका पुगेकी सुनिक्षाले थालिन् मोडलिङ



पहिलोपोस्ट

आईटी पढ्न अमेरिका पुगेकी सुनिक्षाले थालिन् मोडलिङ

काठमाडौं :  सुनिक्षा मैनालीले अमेरिकामा मोडलिङ सुरु गरेकी छिन्। सानैदेखी डान्सर बन्ने ईच्छा बोकेकी सुनिक्षाले नेपाली  म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छिन्।

आईटी पढ्न अमेरिका पुगेकी सुनिक्षाले आफ्नो मोडलिङ गर्ने सपनालाई पनि पढाइसँगै एकसाथ अगाडी बढाइरहेकी छिन्। उनले अमेरिकामा आईटी सम्बन्धि अध्ययन गर्दै आएको १० वर्ष भयो। अमेरिकामा हुने नेपाली साँस्कृतिक कार्यक्रमहरुमा उनले प्रस्तुती दिन थालेकी थिइन्।

उनले दिलिप रायमाझी र राज भल्लब कोईराला लगायत अमेरिकामै रहेका कलाकारसँग म्यूजिक गीतमा अभिनय गरिसकेकी थिइन्। राजेश पायल राईको स्वरमा रहेको 'चमेलीको', दिपक लिम्बुको 'ह्यापि बर्थ डे', मिलन अमात्यको 'लाखौं तस्विर', रामकृष्ण ढकालको 'कहाँबाट' लगायतका म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell