PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

करुणा निधिको निधन, रजनीकांतको ट्विट 'बिर्सन नसक्ने कालो दिन'



पहिलोपोस्ट

करुणा निधिको निधन, रजनीकांतको ट्विट 'बिर्सन नसक्ने कालो दिन'

बलिउड कलाकार एवं राजनीतिज्ञ करुणा निधिको ९४ वर्षको उमेरमा निधन भएको छ। पाँच पटकसम्म तामिलनाडूको मुख्यमन्त्रि रहेका करुणाको निधनले बलिउड शोकमा परेको छ।

चेन्नाइको काभेरी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय मिडियाले जनाएको छ। रक्तचापका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो। अभिनेता रजनीकांतले करुणाको निधनको दिनलाई कालो दिन भनेर ट्विट लेखेका छन्। साथै उनको अन्तिम संस्कारका लागि भइरहेको विवादमाथि पनि रजनीकांतले लेखेका छन्।

उनले सामाजिक सञ्जाल टुइटरमा लेखेका छन् 'करुणाको निधन, मेरो जिवनको बिर्सन नसक्ने कालो दिन हो'।  भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले उनको पार्थिव शरिरलाई श्रदाञ्जली दिएका छन्।    

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell