PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

एसिया कप छनोटको लागि भारतीय ब्याटिङ प्रशिक्षक नेपाल आउने



पहिलोपोस्ट

एसिया कप छनोटको लागि भारतीय ब्याटिङ प्रशिक्षक नेपाल आउने

काठमाडौँ : नेपाली क्रिकेट टोलीलाई सहयोग गर्न भारतीय ब्याटिङ प्रशिक्षक अपुर्व देसाई नेपाल आउने भएका छन्।

यही अगष्ट अन्तिम देखि हुने एसिया कप छनोटका लागि देसाई नेपाल आउन लागेको नेपाली टिमका प्रशिक्षक जगत टमाटाले पहिलोपोस्टलाई जानकारी दिए।

'एसिया कप छनोटका लागि उनी आउन लागेका हुन्। हामी आइसीसीलाई आग्रह गरेका थियौँ। आइसीसीले अप्रुभ गरेपछि उनी आउनेछन्।' टमाटाले भने।

बिसिसिआईको नेशनल क्रिकेट एकेडेमी (एनसिए) बाट मान्यता प्राप्त लेभल सी प्रशिक्षक हुन्। उनले गुजरातका लागि फस्ट क्लास क्रिकेट खेलेका छन्। उनी हाल स्पोर्ट्स एजुकेशन कम्पनी, कुह स्पोर्ट्स सँग संलग्न छन्।

उनले विभिन्न आइपीएल टिमका लागि स्काउटको भूमिका समेत निर्वाह गरेका छन्। साथै विश्वका विभिन्न एकेडेमीमा भिजिटिङ कोचको रुपमा रहेका छन्।

यस्तै अपुर्व देसाईले भारतीय क्रिकेट टिम र आइपीएल क्रिकेट टिम कोलकता नाइट राइडर्सको कप्तान दिनेश कार्तिकलाई समेत प्रशिक्षण दिइसकेका छन्।

यसअघि नेपालको ब्याटिङलाई सहयोग गर्न भारतबाट विभिन्न समयमा मोनटी देसाई, उमेश पटवाल र सुलक्षण कुलकुर्णी नेपाल आएका थिए।

नेपालसहित एसिया ६ टोलीले मलेसियामा हुने एसिया कप छनोट खेल्दैछन्। छनवटमा राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोली फाइनल पुग्नेछन् र विजेताले सेप्टेम्वरमा युएईमा हुने एसिया कप खेल्न पाउनेछ। यस्तै विजेताले समूह चरणकै भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ।

नेदरल्याण्ड्ससँग पहिलो ओडिआई सिरिज खेलेर आएको नेपालले केही दिनपछि नै एसिया कप छनोटको लागि तयारी सुरु गर्दैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell