PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

डिफेन्डिङ च्याम्पियन भावना र कृष्णा सेमिफाइनलमा



पहिलोपोस्ट

डिफेन्डिङ च्याम्पियन भावना र कृष्णा सेमिफाइनलमा

काठमाठौँ : डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र कृष्णा थापा तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला सिंगल्समा बुधवार सेमिफाइनलमा प्रवेश गरेका छन्।

भावनाले आयुशा श्रेष्ठ तथा कृष्णले श्रीमाया लामालाई समान ३-० को नतिजामा पराजित गरे। सोही स्पर्धामा स्वास्थानी श्रेष्ठले सपना ब्लोनलाई ३-० तथा विपना ब्लोनले मुस्कान राउतलाई ३-० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए।

पुरुष सिंगल्समा राकेश गुप्ताले लोकेन्द्र भण्डारीलाई ३-१, राजेन्द्र शाक्यले काशीराम भण्डारीलाई ३-०, ज्ञानु चौधरीले एरिक लोटोरीलाई ३-०, प्रवीणवीरसिंह कंशाकारले निशान्त अग्रवाललाई ३-०, दिलिप अधिकारीले रत्नकाजी शाक्यलाई (रिटायर्ड हर्ट), अमृत थापा मगरले रविन देवकोटालाई ३-० र अरहान्तकेशर सिंहले विजय मगरलाई ३-० ले  हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

यू-१५ ब्वाइज सिंगल्समा सलिन थापा मगर, विकास मगर, रोहन नेपाली र राजेश परियार सेमिफाइनलमा पुगे। त्यसै स्पर्धाको गर्ल्स मुस्कान राउत, सपना ब्लोन, आयुशा श्रेष्ठ र श्रीमाया लामा सेमिफाइनलमा प्रवेश गरे।

मास्टर्स ५० वर्षमाथि सिंगल्समा सुदीपबहादुर सिंह, इन्द्रबहादुर कार्की, किशोर महर्जन, प्रेम सिंह, मनोजबहादुर श्रेष्ठ, सुरेश गुरुङ र अनिल वज्राचार्य क्वाटरफाइनलमा पुगे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell